गोलभेडा खेतीको तयारीमा किसान

काठमाडौं । देशभरका किसान यतिबेला गोलभेडा खेतीको तयारीमा जुटेका छन् ।
किसानले गोलभेडा खेतीका लागि आवश्यक पर्ने जमिन तयारी, बीउ राख्ने तरिका, माटो चेकजाँचलगायतको काम गरिरहेका छन् । उपत्यकाका विभिन्न स्थानका किसान, कृषक समूह, कृषि सहकारीमा आवद्धहरुलाई तरंग एग्रिकल्चर ट्रेड प्रा.लि.को सहयोगमा कर्मा ग्रुप अफ कम्पनीका विज्ञ प्राविधिकको टोली किसानकै खेतबारीमा पुगेर परामर्श दिएका छन् । गुणस्तरीय बीउ उत्पादन र उत्पादन वृद्धि गर्न किसानहरुलाई अग्रिम जनचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

 

 

Leave a comment