काठमाडौं । नेपाल बीउ व्यवसायी संघको अध्यक्षमा सुरेश गुरुङ निर्वाचित हुनुभएको छ ।
पुस १२ गते होटेल येल्लो प्यागोडा काठमाडौंमा सम्पन्न संघको २६ ओैं साधारणसभा एवम् अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति बनेको हो ।
संघको वरिष्ठ उपाध्यक्ष दुर्गा अधिकारी, उपाध्यक्ष (आयात) अरुण लाल श्रेष्ठ, उपाध्यक्ष (वितरक) कुलप्रसाद सुवेदी, उपाध्यक्ष (उत्पादक) विष्णुराज बुर्लाकोटी, महासचिव विश्वराज बानियाँ, सचिव सक्कल थापा, कोषाध्यक्ष अरविन्द कुमार शाह रहनुभएको छ ।
सदस्यहरुमा (कोशी प्रदेश) उपेन्द्र शाह, सदस्य (मधेस प्रदेश) सुनिल कुमार शाह, सदस्य (बागमती प्रदेश) रमेश अर्याल, सदस्य (गण्डकी प्रदेश) कृष्णप्रसाद तिवारी, सदस्य (लुम्बिनी प्रदेश) प्रदिप आचार्य, सदस्य (सुदूरपश्चिम प्रदेश) भीम न्युरे, सदस्य (खुल्ला) अवोधराज दवाडी, सदस्य (खुल्ला) सूर्यप्रकाश दवाडी, सदस्य (खुल्ला) नगेन्द्रप्रसाद काफ्ले रहनुभएको छ ।
संघको यसअघिको अध्यक्ष बसन्तचन्द्र मरहट्टा रहनुभएको थियो ।