कृषिका सबै सामग्री एउटै छानामुनी

तरंग एग्रिकल्चर ट्रेड प्रा.लि. ले कृषि क्षेत्रसंग सम्बन्धित सबै सामग्री एउटै छानामुनिबाट विक्री तथा वितरण गर्दै आएको छ ।
प्रा.लि. ले माछापोखरी १६, बालाजु काठमाडौंमा कृषि पसल सञ्चालन गरी कृषकलाई आवश्यक सामग्रीको व्यवस्थापन गरिरहेको छ । प्रबन्ध निर्देशक विष्णुमणी भण्डारीका अनुसार २०७९ सालदेखि निरन्तर कृषकको सेवाका लागि काम गर्दै आएको छ ।

किसानलाई आवश्यक पर्ने बिउ, बिजन, मलखाद, विषादी, खाद्यतत्व, ग्रिनहाउस, थोपा सिंचाई, औजार लगायतको सामग्री सुपथ मूल्यमा विक्री वितरण हुने गरेको भण्डारीले बताउनुभयो ।
यस्तै, कृषकलाई प्राविधिक सेवा तथा परामर्श दिँदै आएको छ ।

Leave a comment