कृषकको साथी तरंग एग्रिकल्चर

काठमाडौं ।
तरंग एग्रिकल्चर टे«ड प्रा.लि. २०७९ सालदेखि निरन्तर कृषक प्रति समर्पित छ ।
तीन बर्षदेखि कम्पनीले कृषकलाई आवश्यक पर्ने सल्लाह सुझाव निःशुल्क रुपमा दिँदै आएको छ । यस्तै, सामग्री सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । किसानलाई व्यवसायिक बनाएर मुलुकको कृषि क्षेत्रमा योगदान पु¥याउने उद्धेश्यले कम्पनी स्थापना भएको हो ।
कम्पनीको मुख्य कार्य क्षेत्रको रुपमा नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक जिल्ला रहेको छ । अन्य जिल्लामा पनि कृषकलाइ आवश्यकता परेको खण्डमा सघाउँदै आएको छ । नयाँ किसानलाई बिउ, बिजन, मलखाद, विषादी, खाद्यतत्व, ग्रिनहाउस, थोपा सिंचाई सम्बन्धि तालिम, सिजन अनुसारको रोग किरा पहिचान तालिम दिँदै आएको छ । पूराना किसानलाई समस्या परेको समयमा निःशुल्क रुपमा परामर्श प्रदान गर्ने गरेको छ ।
काठमाडौं उपत्यकाको कर्माको सम्पूर्ण सामग्रीको डिलर भएर पनि काम गरेको छ । नाफामुलक भन्दा पनि सेवामुलक हिसावले कम्पनीले किसानलाई सहयोग गर्दै आएको छ । व्यक्तिगत रुपमा कृषि कार्यमा लाग्ने किसान, सामुहिक रुपमा लाग्ने किसान समूह, कृषि क्षेत्रमा अघि बढेको संघसंस्थाबाट कम्पनीबाट लाभाविन्त भएका छन् । हालसम्म २ हजार बढी किसान कम्पनीबाट लाभान्वित भएका छन् ।
किसानलाई आवश्यक परामर्शका लागि कम्पनीका प्राविधिक खेतबारीमै पुग्ने गर्छन् । कृषि क्यालेण्डर बनाएर सोही अनुसार काम गर्दै आएको छ । किसानलाई निर्वाहमुखी भन्दा व्यवसायिक बनाउने, कृषिमा आधुनिकीकरण गरी उत्पादन बढाउने, देशको अर्थतन्त्रमा सघाउने सोंचका साथ कम्पनीले काम गर्दै आएको हो ।
किसानको हितका लागि स्थापित कम्पनीले किसानले उत्पादन गरेका उत्पादनको बजारीकरणका लागि सहजीकरण सेवा पनि दिने गरेको छ । तरंग एग्रिकल्चर ट्रेड प्रा.लि. ले किसानको सहजताका लागि कृषि क्षेत्रसंग सम्बन्धित सबै सामग्री एउटै छानामुनिबाट विक्री तथा वितरण गर्दै आएको छ ।
प्रा.लि. ले माछापोखरी १६, बालाजु काठमाडौंमा कृषि पसल सञ्चालन गरी कृषकलाई आवश्यक सामग्रीको व्यवस्थापन गरिरहेको छ । किसानलाई आवश्यक पर्ने बिउ, बिजन, मलखाद, विषादी, खाद्यतत्व, ग्रिनहाउस, थोपा सिंचाई, औजार लगायतको सामग्री सुपथ मूल्यमा विक्री वितरण हुने गरेको छ ।
यस्तै, निःशुल्क रुपमा कृषकलाई प्राविधिक सेवा तथा परामर्श दिँदै आएको छ । कृषि क्षेत्रमा खाँचो पर्ने औजार लगायतको सामग्री सुपथ मूल्यमा विक्री वितरण पनि गर्दै आएको छ । कृषकलाई प्रविधिसंग जोडेर उनीहरुलाई प्रविधिमैत्री कृषि गर्ने बनाउने र कृषकलाई नयाँ प्रविधिसंग जोडेर आधुनिक खेती गर्न सिकाउने, कम लागतमा धेरै उत्पादन गर्न सिकाउने नै हाम्रो मुख्य उद्देश्य रहेकोले कृषि गर्ने सबै साना किसान, ठूला फर्म, कृषि सहकारी, कृषि समूह, सरकारी–गैरसरकारी संघसस्थासंग सहकार्य गर्न हामी तत्पर छौं ।

   

 

Leave a comment